पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न आह्वान गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नै नगरी तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गरेको भन्दै त्यस्तो शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।
नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीका साथै अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् । नेता रावललाई समेत पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले लिएको जग्गा दानबारे आलोचना गरेकोमा स्पष्टीकरण सोधेको थियो ।
रावलले लेखेका छन् : एमालेको जवज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण