लिग लिडर पीएसजीको अपराजित यात्रा कायमै
काठमाडौँ । फ्रेन्च लिग फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्नो अग्रता कायमै राखेको छ । पीएसजीले आइतबार राति सम्पन्न खेलमा मार्सेलीलाई उसैको मैदानमा ३–० गोलले पराजित गर्यो ।
जारी सिजनको लिगमा पीएसजी अझै अपराजित छ । हालसम्म नौ खेल खेलेको पीएसजीले सात जित र दुई बराबरीको नतिजा निकालेको छ । जारी सिजनको लिगमा अपराजित रहने पीएसजी एकमात्र टोली पनि हो ।
पीएसजीले जारी सिजनको घरेलु लिगमा हासिल गरेको यो लगातार छैटौँ जित पनि हो । मार्सेलीविरुद्ध पीएसजीले पहिलो हाफमै ३–० गोलको अग्रता हासिल गरेको थियो । खेल सुरु भएको सातौँ मिनेटमै पीएसजीका लागि जाओ नेभेसले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको २९ औँ मिनेटमा मार्सेलीका लियोनार्दो बालेर्डीबाट आत्मघाति गोल भएपछि पीएसजी पहिलो हाफमै २–० ले अगाडि बढेको थियो । निर्धारित समयको ४०औँ मिनेटमा ब्राडली बार्कोलाले टोलीका लागि तेस्रो गोल थपेका थिए ।
हालसम्म नौ खेल खेलेको पीएसजी २३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन मोनाकोले नौ खेलबाट २० अंक बटुलेको छ । मोनाकोले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।
समान खेलबाट १७ अंक हात पारेको मार्सेली तालिकाको तेस्रो स्थानमा आसिन छ । मार्सेलीले हालसम्म पाँच जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण