कपाल झरेर तालु खुइले हुन लागेको छ ? पिउनुस् यो पेय पदार्थ
काठमाडौँ । कपाल झर्नु अहिले तपाईँको मात्रै समस्या होइन । आजभोलि हर कोहीको मुखमा कपाल झरेरै सकिने भयो भन्ने चिन्ता सुन्न सकिन्छ ।
कपाल झर्ने समस्याबाट हर कोही त्रसित छन् । छिटो समय अघि नै सेतो हुनु अपन तीव्रताका साथ कपाल झर्नुले सबैलाई दिक्क बनाएको छ । यस्तो अवस्थामा यी समस्याबाट छुटकारा पाउन मानिसहरू केमिकल प्रडक्टको प्रयोग गर्न थाल्छन् । फरक–फरक खालका हेयर मास्क प्रयोग गर्न थाल्छन् । कहिलेकाहीँ शरीरमा पोषक तत्त्वको कमीले पनि कपाल झर्ने गर्छ । के तपाईँलाई यो कुरा थाहा छ ?
यस्तो अवस्थामा कपाल झर्न नदिन आफ्नो आहारमा यस्ता चीजहरू समावेश गर्नुपर्छ जसले तपाईँको शरीरमा भएको पोषक तत्त्वको कमीलाई पूरा गर्न मद्दत गर्छ । कपाल झर्न रोक्ने पेय बनाएर पिउँदा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस पेय पदार्थमा समावेश भएका चीजले तपाईँको शरीरमा ती पोषक तत्त्वहरूको कमीको भर्पाई गर्न मद्दत गर्दछ । आउनुस् जानौँ यो पेय बनाउने तरिका ।
आवश्यक सामग्री
चुकन्दर– १ वटा
गाजर – २ वटा
स्याउ – १ वटा
पुदिना – ७–८ वटा पात
अदुवा – १ इन्चको टुक्रा
कागती – आधा
मह– १ चम्चा
सिधे नुन– आधा सानो चम्चा
पानी – आधा गिलास
पेय बनाउने विधि
यो पेय बनाउन सबैभन्दा पहिले चुकन्दर, गाजर, स्याउ, पुदिना, अदुवा, कागती, मह र सिधे नुन र पानीलाई मिक्सरमा हालेर जुस तयार गर्नुहोस् । यो पेयलाई तपाईँ छानेर वा नछानीकन पनि पिउन सक्नुहुन्छ । यो जुस हप्तामा ५–६ पटक पिउनुहोस् । यसलाई लगातार ३ महिनासम्म पिएपछि नतिजा देखिन थाल्छ । यसले तपाईँको कपाललाई स्वस्थ र चम्किलो बनाउन पनि मद्दत गर्छ ।
अस्वीकरण: सल्लाह सहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन । थप विवरणहरूको लागि सधैँ एक विशेषज्ञ वा आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण