पेरिसमा आज कसले जित्लान् बालोन डी’ओर अवार्ड ?
काठमाडौँ । विश्व फुटबलको सर्वाधिक महत्त्वपूर्ण बालोन डी’ओर अवार्ड विजेताको घोषणा सोमबार राति गरिँदैछ । अवार्ड वितरण कार्यक्रम फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुनेछ । अवार्ड वितरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
अवार्ड कार्यक्रममा सहभागी हुन विश्वभरका चर्चित फुटबलरहरू पेरिस पुगिसकेका छन् । अवार्ड वितरण कार्यक्रममा सन् २०२४ को सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला खेलाडीलाई बालोन डी’ओर प्रदान गरिने छ ।
यस पटकको अवार्ड कार्यक्रम एक अर्थमा विगतको भन्दा फरक हुनेछ । यसपटक बालोन डी’ओर अवार्ड प्राप्त गर्ने खेलाडीको सूचीमा समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
सन् २०२३ पछि पहिलो पटक पोर्चुगिज स्टार रोनाल्डो र अर्जेन्टिनी स्टार मेस्सी अवार्डको सूचिमा नपरेका हुन् । हालसम्म मेस्सीले कीर्तिमानी रूपमा आठपटक र रोनाल्डोले पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् ।
यसका अतिरिक्त यसअघि यो अवार्ड पाइसकेका दुई प्रभावशाली खेलाडी करिम बेन्जेमा र लुका मोड्रिच पनि यसपटक सूचिमा परेका छैनन् । त्यसैले पुरुषतर्फ यसपटक नयाँ खेलाडीले बालोन डी’ओर अवार्ड प्राप्त गर्नेछन् ।
यसैगरी, महिलातर्फ यसपटक बार्सिलोनाकी प्रभावशाली मिडफिल्डर आइताना बोनमतीले विजेताको प्रबल दाबेदारका रूपमा हेरिएको छ । उनकै महत्त्वपूर्ण योगदानमा स्पेनले महिला विश्वकप फुटबलको उपाधि पनि चुमेको थियो । अघिल्लो वर्ष पनि महिलातर्फको अवार्ड उनले नै जितेकी थिइन् ।
विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा माथिल्लो एक सय स्थानभित्र रहेका राष्ट्रका खेल पत्रकारहरूले पुरुष अवार्डका लागि मतदान गर्ने प्रावधान रहेको छ । महिलातर्फको अवार्डका लागि भने फिफा महिला वरीयताको माथिल्लो ५० स्थानभित्र रहेका राष्ट्रका महिला खेल पत्रकारहरूले मतदान गर्ने प्रावधान छ ।
यसपटक पुरुषतर्फ रोड्री र एर्लिङ हालान्डलाई अवार्डको प्रबल दाबेदारका रूपमा हेरिएको छ । रोड्रीले म्यानचेस्टर सिटीलाई कीर्तिमानी रूपमा लगातार चारपटक इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । स्पेनलाई युरोपियन च्याम्पियनसिपको उपाधि चुमाउने पनि उनको योगदान महत्त्वपूर्ण रहेको थियो ।
यसैगरी, नर्वेजियन खेलाडी एर्लिङ हालान्ड पनि म्यानचेस्टर सिटीको महत्त्वपूर्ण सफलताहरूको सारथी हुन् । यसका अतिरिक्त रियल म्याड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर र रियल म्याड्रिडकै इङ्लिस खेलाडी जुड बेलिङ्घम पनि अवार्डको दाबेदारका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण