अमेरिकाबाट बदाम, नाइजेरिया लगायतका देशबाट काजु
काठमाडौँ । तिहारमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पेस्ता लगायतका ड्राइफ्रुट्स शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुँदै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष भियतनाम, नाइजेरिया लगायतका १५ देशबाट एक अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात भएको छ ।
असोज मसान्तसम्ममा १ अर्ब ११ करोड रुपैयाँ बराबरको ड्राईफ्रुट्स आयात भएको विभागले जनाएको छ । यी ड्राइफ्रुट्स विशेष गरी तिहारमा दिदी बहिनीले भाइटिकाको समयमा दाजुभाइलाई दिने प्रचलन छ । तिहारको समयमा उच्च माग हुने यी वस्तुको आयातमा मात्रै मुलुकबाट ठूलो रकम बाहिरिरहेको देखिन्छ । तर यी सबै वस्तु नेपालमै उत्पादन गर्न सकिने खालका छन् । कृषिविज्ञ कृष्णप्रसाद पौडेल काजु, बदाम, नरिवल, कटुस, किसमिस नेपालमै रोपेर फलाउन सकिने बताउँछन् । यी वस्तु नेपालमा फलाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्ने उनको भनाइ छ ।
‘छोकडा र पेस्ता मात्रै नेपालमा फलाउन सकिँदैन । काजु, बदाम, नरिवल, छोकडा लगायतका धेरैजसो ड्राइफ्रुुट्स नेपालमै उत्पादन गर्न सकिन्छ,’ पौडेल भन्छन्, ‘तर सरकारले यस विषयलाई चासो दिएको छैन । यो चाडपर्वमा प्रयोग गर्नका लागि मात्रै नभएर पोषणयुक्त खाद्य वस्तु हो । त्यसैले सरकारले विशेष कार्ययोजना ल्याएर यी वस्तुको खेती गर्नु पर्छ ।’
- कुन देशबाट के–के ल्याइन्छ?
भारत, चीन जस्ता नेपालको उच्च व्यापार हुने मुलुक मात्रै होइन । भियतनाम, नाइजेरिया बेनिन लगायतका मुलुकबाट समेत तिहारमा प्रयोग हुने भाइमसलाको सामग्री आउने गर्छ । भन्सार विभागका अनुसार असोज मसान्तसम्म १० देशबाट २६ करोड १ लाख रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।
जसमध्ये भारतबाट १३ करोड १२ लाख ४४ हजार रुपैयाँको १ लाख ४९ हजार ७३९ किलो काजु आयात भएको छ । दोस्रोमा बेनिनबाट १ करोड २९ लाख रुपैयाँको १६ हजार १०३ किलो काजु आयात भएको छ ।
- कुन देशबाट कति ल्याइयो काजु?
स्रोतः भन्सार विभाग
विभागको तथ्यांकअनुसार सोही अवधिमा १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता भारत र चीनबाट आयात भएको छ । यसमध्ये ठूलो परिमाणमा पेस्ता चीनबाट आयात भएको छ । चीनबाट १ करोड ३४ लाख ५६ हजार रुपैयाँको ११ हजार ९०७ किलो पेस्ता आयात भएको छ, भने भारतबाट १० लाख ५० हजार रुपैयाँको ८७० किलो आयात भएको छ ।
अमेरिकाबाट आयो साढे १७ करोडको बदाम
चालु आवको साउन–असोजको अवधिमा १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ भने मलेसियाबाट पनि सानो परिमाणमा आयात भएको छ । अमेरिकाबाट १७ करोड ४८ लाख ३१ हजार रुपैयाँको बदाम आयात भएको छ । भारतबाट ८५ लाख ७६ हजार रुपैयाँको ८ हजार ९९१ किलो र मलेसियाबाट २५ लाख ५१ हजार रुपैयाँको बदाम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै भारत र अष्ट्रेलियाबाट २ लाख बराबरको २४० किलो कटुस आयात भएको छ ।
- २१ करोडको ओखर, १० करोडको किसमिस
असोज मसान्तसम्ममा करिब २१ करोड रुपैयाँ बराबरको ओखर आयात भएको छ । जसमध्ये चीनबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँको ६ लाख ७ हजार ३५ किलो र भारतबाट ९० हजार रुपैयाँको १९० किलो ओखर आयात भएको छ ।
यस अवधिमा १० करोड ६१ लाख ६१ हजार रुपैयाँको ३२४ हजार ६७५ किलो किसमिस भारत र चीनबाट आयात भएको छ । त्यस्तै ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल भारत र थाइल्याण्डबाट आयात भएको छ ।
असोज मसान्तसम्ममा १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा १ करोड २९ लाख रुपैयाँ बराबरको छोकडा भारतबाट आयात भएको छ । यसैगरी ६० हजार रुपैयाँको कुवेतबाट, साउदी अरबबाट ३० हजार रुपैयाँको, यूएईबाट ८ हजार र कतारबाट ३ हजार रुपैयाँको छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी ३ लाख ६५ हजार रुपैयाँको ८११ किलो अन्य ड्राइफ्रुट्स बेलायत, साउदी अरब र भारतबाट आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर
-
‘सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्छ’
-
ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्छ : चिरीबाबु महर्जन
-
भुटानी राजा जिग्मेले नेपालका दुई ठाउँको दर्शन गर्ने
-
फिल्मको व्यवसाय उकालो लागेसँगै बढे सिनेमा हल
-
तपाई कहिले मर्नु हुन्छ ? यो एपले गरिदिनेछ भविष्यवाणी