सेयर बजार
४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब १२ करोडको कारोबार
मङ्गलबार, १३ कात्तिक २०८१, १५ : १८

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा उक्लिएको छ ।
यसअघि चार कारोबार दिनपछि सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।
मंगलबार २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै