प्रशिक्षक बन्न म्याथ्यू वेडले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ । चर्चित अस्ट्रेलियन क्रिकेटर म्याथ्यू वेडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएलगत्तै प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् ।
३६ वर्षीय म्याथ्यू वेड निकट भविष्यमा खेलिने पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा अस्ट्रेलियन टोलीको प्रशिक्षकको रूपमा देखिने समाचारमा जनाइएको छ ।
गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा खेलिएको टी–२० विश्वकपमा पनि म्याथ्यू वेड अस्ट्रेलियन टोलीमा खेलाडीको भूमिकामा थिए । उनले विश्वकपमा अन्तिम पटक भारतविरुद्ध खेलेका थिए ।
टी–२० विश्वकप लगत्तै उनले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिने अनुमान गरिएको थियो । तर, त्यतिबेला उनले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास लिने कुनै योजना नरहेको बताएका थिए ।
गत मार्चमा उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिए पनि उनले आगामी दिनमा समेत फ्रेन्चाइज प्रतियोगिता भने खेल्ने बताएका छन् ।
विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेडले अस्ट्रेलियाका लागि ३६ टेस्ट, ९७ एक दिवसीय अन्तर्राष्ट्रिय र ९२ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण