मौलिक खेल खेलेर उपाधि जित्छौँ : कप्तान एन्जिला
काठमाडौँ। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टिम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् ।
खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टिम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनको भनाई थियो । उनले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताइन् । नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ । उनले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि जिकिर गरिन् ।
त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताएका छन् । सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण