६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।
यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ । कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
यसैगरी गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए । यसैगरी चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ ।
आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको संख्या ६ हजार ५९६ पुगेको छ । यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ ।
अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी छ । उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण