फ्लोरा एक्स्पोमा ७२ लाखको कारोबार, ४० हजारले गरे अवलोकन
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा कार्तिक ९ गतेदेखि सुरू भएकाे दोस्रो तिहार फ्लोरा एक्स्पो मंगलबार सम्पन्न भएको छ। पाँचदिन चलेको मेलामा ४० हजारले अवलोकन गर्दा ७२ लाख बराबरको कारोबार भएको नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ ।
मेलाको पहिलो दिन ७ हजार जनाले अवलोकन गर्दा ७ लाखको कारोबार भएको थियो । दोस्रो दिन १० हजार जनाले अवलोकन गर्दा १४ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन १३ हजार जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो । त्यस्तै चौथो दिन ४ हजारले अवलोकन गर्दा १२ लाखको कारोबार भएको थियो । आज अन्तिम दिनमा ६ हजारले अवलोकन गर्दा १३ लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ । नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाले मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संग्लन उद्यमी व्यवसायीहरू तथा यस व्यवसायप्रति रुचि राख्ने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने व्यवसायीलाई उत्साहित बनाएकाे बताए ।
मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण