राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते
नयाँ दिल्ली । भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो । 'आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ,' वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले भने, 'केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ ।'
दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका थिए । एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा महेन्द्र खिचडले भने, 'यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सातजनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ ।'
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतया ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ ।
अधिकारीहरूका अनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण