काराबाओ कप फुटबल : साउथएम्पटन र ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा
काठमाडौँ । साउथएम्पटन इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । साउथएम्पटनले मंगलबार राति सम्पन्न चौथो चरणको खेलमा स्टोक सिटीलाई ३–२ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको ८८औँ मिनेटमा जेम्स ब्रीले निर्णायक गोल गरेपछि साउथएम्पटनको जित सम्भव भएको थियो । खेलमा अग्रता पनि घरेलु टोली साउथएम्पटनले नै लिएको थियो । खेल सुरु भएको १९औँ मिनेटमै घरेलु टोलीका लागि टेलर हरउड बेलिसले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ३५औँ मिनेटमा एडम आर्मस्ट्रोङले टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । पहिलो हाफको अन्तिम मिनेटमा स्टोक सिटीका लागि आस्ली फिलिप्सले जवाफी गोल गरेका थिए ।
यसैगरी, निर्धारित समयको ५४औँ मिनेटमा स्टोक सिटीका लागि टम क्याननले दोस्रो गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । खेल बराबरीको स्थितिमा रहँदा निर्धारित समय सकिनुभन्दा दुई मिनेटअघि जेम्सले निर्णायक गोल गरेका थिए ।
साउथएम्पटनसँगै ब्रेन्टफोर्ड पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सेफिल्ड वेडनसडेलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै ब्रेन्टफोर्ड अन्तिम आठमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण