विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी संगठनले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन् ।
प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बुधवार ऊर्जामन्त्री दीपक खड्कालाई ज्ञापनपत्र पठाउँदै आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत् वितरण विनियमावलीमा रहेका व्यवस्थाहरूको अक्षरशः पालना गर्न गराउन आग्रह गरेका छन् ।
यस्तै बक्यौता महसुल बुझाउन बाँकी रहेका ग्राहकहरूलाई समेत यथाशीघ्र महसुल तिर्ने वातावरण निर्माण गरी डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल विवादलाई स्थायी रुपमा समाधान गर्न सहजीकरण गर्न समेत मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ