विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी संगठनले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन् ।
प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बुधवार ऊर्जामन्त्री दीपक खड्कालाई ज्ञापनपत्र पठाउँदै आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत् वितरण विनियमावलीमा रहेका व्यवस्थाहरूको अक्षरशः पालना गर्न गराउन आग्रह गरेका छन् ।
यस्तै बक्यौता महसुल बुझाउन बाँकी रहेका ग्राहकहरूलाई समेत यथाशीघ्र महसुल तिर्ने वातावरण निर्माण गरी डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत् महसुल विवादलाई स्थायी रुपमा समाधान गर्न सहजीकरण गर्न समेत मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण