तिहार अघि नेप्सेमा गिरावट, ५ अर्ब ९५ करोडको कारोबार
काठमाडौँ । तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ ।
बुधबार १६४ कम्पनीको मूल्य घटेको छ । ७५ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । यो दिन कुल १ करोड २० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार बजारमा होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ ।
समग्र परिसूचक घटे पनि तीववटा कम्पनीमा बुधबार सकारात्मक सर्किट लागेको छ । थप एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यसरी मूल्य बढ्ने कम्पनीहरूमा गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङेजे हाइड्रोपावर र कुथेली भुकारी स्मल हाइड्रोपावर रहेका छन् । जानकी फाइनान्सको मूल्य बुधबार सर्वाधिक ४.८० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण