तिहार अघि नेप्सेमा गिरावट, ५ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ । तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ ।
बुधबार १६४ कम्पनीको मूल्य घटेको छ । ७५ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । यो दिन कुल १ करोड २० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार बजारमा होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ ।
समग्र परिसूचक घटे पनि तीववटा कम्पनीमा बुधबार सकारात्मक सर्किट लागेको छ । थप एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यसरी मूल्य बढ्ने कम्पनीहरूमा गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङेजे हाइड्रोपावर र कुथेली भुकारी स्मल हाइड्रोपावर रहेका छन् । जानकी फाइनान्सको मूल्य बुधबार सर्वाधिक ४.८० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
-
कर्णाली आन्तरिक आम्दानीमा निरन्तर कमजोर
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ