कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन
काठमाडौँ । नेपाल र चीनको सिमानामा पर्ने कोरला नाका स्थित सशस्त्र प्रहरीको बिओपीमा निर्मित ब्यारेक उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मुस्ताङको लामान्थाङ गाउँपालिका–४ स्थित नेचुङ्गमा निर्माण भएको ब्यारेक उद्घाटन गरेका हुन् ।
गृहमन्त्रीले अध्यागमन कार्यालय भवनको पनि उद्घाटन गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा सहभागी थिए ।
सो बिओपी २०७७ जेठ १५ मा स्थापना भएको थियो । बिओपी मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट करिब ९७ किलोमिटर उत्तरतर्फ कोरला नाका नकि रहेको सशसत्र प्रहरी बलहका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उत्तरतर्फ सशस्त्रले १० ठाउँमा बिओपी स्थापना गरेको छ । नेपाल–भारत सिमानामा २४४ बिओपी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण