विश्वकप २०२६ : यस्तो छ अबका चार खेलको पूर्वानुमान ?
सारांश
- विश्वकपमा समूह चरणका चार खेलहरू हुँदैछन् जसमा मेक्सिको र दक्षिण कोरियाको खेल विशेष आकर्षणको केन्द्रमा छ ।
- मेक्सिको र दक्षिण कोरियाबीचको खेलमा मेक्सिकोको इतिहास राम्रो छ र अप्टाको सुपरकम्प्युटरले मेक्सिकोको जित्ने सम्भावना ४९.१ प्रतिशत रहेको आकलन गरेको छ ।
- चेक गणतन्त्र, स्विट्जरल्यान्ड र क्यानडाले क्रमशः दक्षिण अफ्रिका, बोस्निया तथा हर्जेगोभिना र कतारविरुद्ध खेल्नेछन्, जसमा यी तीन टोलीको जित्ने सम्भावना बढी रहेको पूर्वानुमान छ ।
एजेन्सी । बिहीबार (बिहीबार राति र शुक्रबार बिहान–नेपाली समय) विश्वकपमा समूह चरणका थप चार खेलहरू हुँदैछन् । तिनमा पनि प्रतियोगिताको सुरुवाती खेलमा जित दर्ता गरेका मेक्सिको र दक्षिण कोरियाको आमनेसामने विशेष आकर्षणको केन्द्रमा छ ।
यसका अलावा चेक गणतन्त्र र दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड र बोस्निया तथा हर्जेगोभिना, क्यानडा र कतार एकआपसमा भिड्दैछन् ।
बिहीबारको खेल तालिका
चेक गणतन्त्रविरुद्ध दक्षिण अफ्रिका — एटलान्टा स्टेडियम, एटलान्टा, जर्जिया, अमेरिका; स्थानीय समय अनुसार दिउँसो १२ बजे (२१ः४५ नेपाली समय)
स्विट्जरल्यान्डविरुद्ध बोस्निया तथा हर्जेगोभिना — लस एन्जलस स्टेडियम, लस एन्जलस, क्यालिफोर्निया; दिउँसो १२ बजे (००ः४५ नेपाली समय)
क्यानडाविरुद्ध कतार — भ्यानकुभर स्टेडियम, भ्यानकुभर, ब्रिटिस कोलम्बिया, क्यानडा; दिउँसो ३ बजे (०३ः४५ विशान नेपाली समय)
मेक्सिकोविरुद्ध दक्षिण कोरिया — ग्वाडालाजारा स्टेडियम, ग्वाडालाजारा, मेक्सिको; साँझ ७ बजे (शुक्रबार विहान ०६ः४५ नेपाली समय)
मेक्सिकोविरुद्ध दक्षिण कोरियाको पूर्वानुमान
विश्वकपमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोको राम्रो इतिहास छ । यसअघि भएका दुवै भेटमा मेक्सिको विजयी भएको छ, जसमा रुस २०१८ मा प्राप्त २–१ को जित पनि समावेश छ । दुवै टोलीले पहिलो खेल जितेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । तर अप्टाको सुपरकम्प्युटरले समूह ‘ए’ को यस खेल मेक्सिकोको पक्षमा हुने आकलन गरेको छ ।
२५ हजार सिमुलेसनमध्ये मेक्सिको ४९.१ प्रतिशत पटक विजयी भयो, जबकि दक्षिण कोरिया २४.३ प्रतिशत पटक जित्यो । २६.६ प्रतिशत खेल बराबरीमा टुंगिए ।
चेक गणतन्त्रविरुद्ध दक्षिण अफ्रिकाको पूर्वानुमान
चेक गणतन्त्र र दक्षिण अफ्रिका यसअघि केवल एकपटक मात्र आमनेसामने भएका छन् । दक्षिण अफ्रिकाको विश्वकपमा युरोपेली टोलीविरुद्ध राम्रो रेकर्ड छ । सन् २०१० मा फ्रान्समाथिको चर्चित २–१ को जित त्यसको उदाहरण हो । पछिल्ला चार यस्ता खेलमध्ये उसले केवल एक खेलमा मात्र हार बेयहोरेको छ ।
यता चेक गणतन्त्रले अफ्रिकी टोलीविरुद्ध खेलेको एकमात्र विश्वकप खेलमा घानासँग २–० ले हार बेहोरेको थियो । अप्टाको सुपरकम्प्युटरका अनुसार चेक गणतन्त्रको जित्ने सम्भावना ५४.९ प्रतिशत छ भने दक्षिण अफ्रिकाको २१.८ प्रतिशत ।
स्विट्जरल्यान्डविरुद्ध बोस्नियाको पूर्वानुमान
स्विट्जरल्यान्ड र बोस्निया तथा हर्जेगोभिनाबीच यो पहिलो विश्वकप भेट हुनेछ । यी दुई राष्ट्रबिचको एकमात्र अघिल्लो खेल २०१६ मा ज्युरिखमा भएको मैत्रीपूर्ण खेल थियो, जसमा एडिन जेको र मिरालेम प्यानिचको गोलमा बोस्नियाले २–० को जित निकालेको थियो ।
तर यसपटक स्विट्जरल्यान्ड स्पष्ट रूपमा बलियो मानिएको छ ।
अप्टाको सुपरकम्प्युटरका अनुसार २५ हजार सिमुलेसनमध्ये स्विट्जरल्यान्ड ६१.६ प्रतिशत पटक विजयी भयो भने बोस्निया १७ प्रतिशत पटक सफल रह्यो । २१.४ प्रतिशत अवस्थामा बराबरीमा टुगिंएको छ ।
क्यानडाविरुद्ध कतारको पूर्वानुमान
यस खेलमा इतिहास घरेलु टोलीको पक्षमा देखिन्छ । विश्वकप आयोजक राष्ट्रले एसियाली टोलीसँग खेलेका अघिल्ला तीनवटै खेल जितेका छन् । मेक्सिकोले १९८६ मा इराकलाई हराएको थियो, फ्रान्सले १९९८ मा साउदी अरेबियालाई पराजित गरेको थियो र रुसले २०१८ मा पनि साउदी अरेबियालाई हराएको थियो ।
अप्टाको सुपरकम्प्युटरले यो प्रवृत्ति जारी रहने अनुमान गरेको छ । २५ हजार सिमुलेसनमध्ये क्यानडा ७२.९ प्रतिशत पटक विजयी भयो । १६.५ प्रतिशत खेल बराबरीमा टुंगिए भने कतारको जित्ने सम्भावना केवल १०.६ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण