सर्यो ‘फिरफिरे फिरिरी’ को प्रदर्शन
काठमाडौँ । विन्ध्यवासिनी क्रियसन प्रा.लीको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन भएको छ । कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म सरेर माघ ४ गते पुगेको छ । चलचित्र प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको निर्माण संस्था विन्ध्यवासिनी क्रियसनले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
नवीन भट्टको निर्देशन रहेको फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय चलचित्रमा छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठको लेखन रहेको चलचित्र हरर कमेडी जनरामा निर्माण भएको हो । फिल्मका निर्माता निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ चलचित्र निर्माण गरेका थिए ।
नितिश पुन सह–निर्माता रहेको चलचित्रमा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको छ । चलचित्र देशभर आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण