बुझबुझारथ नगरी कर्मचारीलाई रमाना नदिन अर्थ मन्त्रालयको परिपत्र
काठमाडौं । अर्थ मन्त्रालयले बुझबुझारथ नगरी सवा भएका कर्मचारीको रमाना नदिन मातहतका निकायहरूलाई परिपत्र गरेको छ । मन्त्रालयले आफू मातहतका चार निकायहरू आन्तरिक राजश्व विभाग, भन्सार विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र सार्वजनिक ऋण व्यवस्थापन विभागलाई यस्तो परिपत्र गरेको हो ।
यसअघि यो व्यवस्था कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको थियो । कुनै पनि कार्यालय वा निकायमा विभिन्न भूमिकामा रहेका कर्मचारीहरू अर्को निकाय वा कार्यालयमा सरुवा हुँदा कार्यरत रहँदाको समयमा जिम्मेवारी अनुरूप बुझिलिएका सरकारी काम कारबाहीसम्बन्धी कागजात तथा जिन्सी सामाग्रीको बुझबुझारथ नै नगरी जाने प्रवृत्ति देखिएको भन्दै अख्तियारले यसलाई सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेको थियो ।
अख्तियारको पत्र अनुसार कात्तिक ११ गते प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयलाई गर्यो । उक्त सर्कुलरलाई कार्यान्वयन गर्न मन्त्रालयले मातहतका निकायहरूलाई मंगलबार सर्कुलर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण