बंगलादेशसँग पराजित भएपछि साम्बाले भनिन्– यो हार बिर्सन धेरै समय लाग्नेछ
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा पराजित भएपछि नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी ‘साम्बा’ले हार बिर्सन धेरै समय लाग्ने बताएकी छिन् ।
व्यावसायिक फुटबल खेल्न बिहीबार फ्रान्स गएकी उनले सामाजिक सञ्जालमा लेख्दै उनले बंगलादेशसँग हार बिर्सन धेरै समय लाग्ने बताएकी हुन् ।
बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको थियो ।
साम्बाले आफूहरू दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको बताएकी छन् । उनले भनेकी छिन्, ‘यहाँहरूको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्को पटक उपाधिका साथ न्याय दिन सक्नेछु ।’
साम्बाले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण