बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
काठमाडौँ । बागमती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरिएको छ । ग्रामीण क्षेत्रका सडक प्रयोगकर्तालाई लक्षित गरेर बागमती प्रदेशका १० वटा जिल्लाका ग्रामीण क्षेत्रमा अभियान सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ग्रामीण क्षेत्रमा बसको छतमा बसेर यात्रा गर्ने र बिना हेलमेट मोटरसाईकल चलाउने जस्ता गतिबिधि हुने गरेका छन् । ट्राफिक नियम थाहा नपाउँदा र जोखिमपुर्ण यात्रा गर्दा दुर्घटनामा पर्नेबारे सम्बन्धित जिल्लाका ट्राफिक प्रहरीले ग्रामीण भेगमा चल्ने सार्वजनिक सवारी र बस छुट्ने स्थानमा पुगेर ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरेका हुन् । अभियान निरन्तर सञ्चालन गरिने एसपी सुवेदीले जानकारी दिए ।
ट्राफिक शिक्षा अभियानमा खटिएका ट्रफिक प्रहरीले ट्राफिक संकेत, सचेतनामुलक चिन्ह र चेतावनीयुक्त चिन्हको बारेमा जानकारी गराउँछन् । एसपी सुवेदी भन्छन्– ‘यात्रुलाई चालकले गर्नुपर्ने व्यवहारको बारेमा पनि हाम्र्रा ट्राफिक प्रहरीले सचेत गराउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ ५ मा तोकियो फिल्म ‘एक्टर’ को प्रदर्शन मिति
-
सहज रूपमा मागपत्र प्रमाणीकरण गरिदिए युरोपको रोजगारी बढ्छ
-
अधिकांश ठुला पूर्वाधारमा बजेटको समस्या छ : विनोद कुमार शाह
-
कैलारीका वडाध्यक्ष बमसँग स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी
-
पहिलो दिन भारतमा पुष्पा- २ को कमाई १७५ करोड बढी
-
नेपाल आइपुगे भुटानी राजा जिग्मे