तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात

काठमाडौँ । नेपालमा तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुचो निर्यात घटेको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको तीन महिनामा ३६ करोड ७३ लाख रुपैयाँको कुचो निर्यात भएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको छ ।
चालु आर्थिक वर्षमा तीन महिनामा ४२ लाख ७७ हजार किलो कुचो निर्यात भएको छ भने गत आर्थिक वर्ष ३० लाख ६२ हजार किलोको नेपाली कुचो निर्यात भएको थियो । नेपाली कुचोको बजार भारत मात्रै रहेको छ । इलाम, पाँचथर, सङ्खुवासभा, काभ्रे, सिन्धुपाल्चोक लगायत देशका विभिन्न जिल्लामा अम्रिसो उत्पादन हुन्छ । यही अम्रिसो कुचोको लागि भारत निर्यात हुन्छ ।
आर्थिक वर्ष २०८०/२०८१ मा भारतमा १ करोड ३५ लाख ६२ हजार किलो अम्रिसो १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ भारत निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट