यी हुन् सबैभन्दा महँगो रकममा रिटेन भएका खेलाडी, हेनरिक क्लासेनलाई २३ करोड खर्चियो हैदराबादले
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि सहभागी १० वटै क्लबले आफूले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) क्लबहरूलाई रिटेन र रिलिज गर्ने खेलाडीहरूको सूचि सार्वजनिक गर्न बिहीबारसम्मको समय दिएको थियो । सोही अनुरूप क्लबहरूले सन् २०२५ सिजनका लागि रिटेन र रिलिज गर्ने खेलाडीको सूचि सार्वजनिक गरेका हुन् ।
खेलाडी रिटेन गर्न एउटा क्लबले अधिकतम ७५ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । केही क्लबले खेलाडी रिटेन गर्न ७५ करोड रुपैयाँ नै खर्च गरेका छन् । मुम्बई इन्डियन्सले पाँच जना खेलाडी रिटेन गर्न ७५ करोड रुपैयाँ नै खर्च गरेको छ ।
आगामी आईपीएलका लागि केही खेलाडी निकै ठुलो रकममा रिटेन भएका छन् । सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलुरु, राजस्थान रोयल्स, गुजरात टाइटन्सलगायतका खेलाडीले सबैभन्दा बढी रकममा खेलाडी रिटेन गरेका छन् । सबैभन्दा बढी रकममा रिटेन भएका खेलाडीको विषयमा यहाँ चर्चा गरिएको छ ।
आगामी आईपीएलका लागि सबैभन्दा बढी रकममा रिटेन भएका खेलाडी दक्षिण अफ्रिकाका हेनरिक क्लासेन हुन् । सनराइजर्स हैदराबादले आगामी आईपीएलका लागि हेनरिक क्लासेनलाई २३ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
यसैगरी, भारतीय टोलीका पूर्वकप्तान विराट कोहली सबैभन्दा बढी रकममा रिटेन हुने खेलाडीको सूचिमा दोस्रो नम्बरमा आसिन छन् । रोयल च्यालेन्जर्स बेंगलुरुले विराट कोहलीलाई २१ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
यसैगरी, सबैभन्दा बढी रकममा रिटेन हुने खेलाडीको सूचिमा वेस्ट इन्डिजका स्टार अलराउन्डर निकोलस पुरन तेस्रो स्थानमा आसिन छन् । २९ वर्षीय विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनलाई लखनउ सुपर जाइन्ट्सले २१ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
यसैगरी, सबैभन्दा बढी रकममा रिटेन हुने खेलाडीको सूचिमा भारतका युवा ब्याट्सम्यान ऋतुराज गायकवाड चौथो स्थानमा रहेका छन् । ऋतुराज गायकवाडलाई आगामी सिजनको आईपीएलका लागि चेन्नई सुपर किङ्सले १८ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो ।
यो सूचीमा भारतीय खेलाडी रवीन्द्र जडेजा पाँचौँ नम्बरमा छन् । चेन्नई सुपर किङ्सले जडेजालाई १८ करोड भारतीय रुपैयाँमा रिटेन गरेको हो । भारतीय खेलाडी जसप्रित बुमराहलाई पनि मुम्बई इन्डियन्सले १८ करोड भारतीय रुपैयाँमै रिटेन गरेको छ ।
यसैगरी, भारतीय क्रिकेट टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान संजु सामसनलाई राजस्थान रोयल्सले १८ करोड भारतीय रुपैयाँमा रिटेन गरेको छ । भारतकै यशस्वी जैसवाललाई पनि राजस्थान रोयल्सले १८ करोड भारतीय रुपैयाँमा रिटेन गरेको छ ।
प्रभावशाली अस्ट्रेलियन खेलाडी प्याट कमिन्सलाई पनि सनराइजर्स हैदराबादले १८ करोड भारतीय रुपैयाँमा रिटेन गरेको छ । अफगानिस्तानका चर्चित क्रिकेटर राशिद खानलाई पनि गुजरात टाइटन्सले १८ करोड भारतीय रुपैयाँमै रिटेन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई
-
१२ बजे, १२ समाचार : रविको हिरासतबारे ज्ञानेन्द्र शाही चिन्तितदेखि धनगढीका मेयर हमाललाई ब्रेन अट्याकसम्म
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल