बाग्लुङ । सिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य सिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन थालेको हो।
_jdQ0KQ4IV3.jpg)
स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटरका सञ्चालक दीपक थापाका अनुसार ढोरपाटन सिकार आरक्ष मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो। यहाँ रहेको उत्तरगंगा वराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।
_fA5X8W2wHl.jpg)
गण्डकी प्रदेशको बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशको पूर्वी रुकुममा फैलिएको यस क्षेत्रमा वर्षायाममा विभिन्न रङ्गीचङ्गी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न पाइने र वसन्त ऋतुमा लालीगुराँस र चिमल फुल्ने गर्दछ। वि.सं. २०४४ मा स्थापित यो नेपालको एक मात्र सिकार आरक्ष हो, जसको क्षेत्रफल १३२५ वर्ग किलोमिटर रहेको छ।
_Q7ZvKcipwJ.jpg)
पर्यटन पूर्वाधारको विकास हुँदै गएको यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टेहरूको सुविधा उपलब्ध छ। एक पटकमा करिब ६०० जनासम्म पर्यटक बस्न सक्ने क्षमता भएका यी सुविधाहरूमा तिब्बती शरणार्थीहरूले सञ्चालन गरेका होटेलहरूमा विशेष तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ।
_e2UTbJIW9T.jpg)
यहाँबाट निसेलढोर, छ्यान्तुङ, गुर्जाघाट र जलजला लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ। आरक्षमा १६४ प्रजातिका चराचुरुङ्गी र नाउर, झारल, घोरल, रेड पाण्डा, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तु पाइन्छन्।
_sgWdqmooXY.jpg)
यद्यपि थापाका अनुसार यस क्षेत्रको विकासका लागि राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन। "राज्यका विभिन्न निकायहरूबाट ढोरपाटन छुटेको जस्तो लाग्छ, प्रचारप्रसारका लागि जुन तहबाट काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन," उनले भने।
_aywGFypMi5.jpg)
बुर्तिबाङबाट कच्ची सडक मार्ग हुँदै करिब ३-४ घण्टाको यात्रापछि देउरालीसम्म पुग्न सकिन्छ, जहाँबाट ठुलो पाटनको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटन विकासका लागि पूर्वाधार विकास र प्रचारप्रसारमा राज्यको ध्यान जान आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।
_8PSpApWH9O.jpg)
_6kk7Dr8owl.jpg)
_Y8KHJjWlc4.jpg)
_nEA3wiVU47.jpg)
_VZvtXUz8D6.jpg)
_PdkYbjW8gg.jpg)
_yB7wJA025D.jpg)
_AONcGQspyo.jpg)
_xosg3YqUUF.jpg)
_Pa69XxagxV.jpg)
_ReOzq8bWrL.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया