लुम्बिनी फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र बागमती प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्बिनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने बागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जीवितै राखेको छ ।
बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको छ । पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।
टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय ८१ रनको सामान्य योगफल बनायो । बागमतीका सार्थक धितालले ३५ रन बनाउनु उत्तम मगरले पनि ३५ रन बनाए । काशीका प्रतीक पोखरेलले ३ विकेट लिँदा प्रेम कामतले पनि ३ विकेट लिए ।
१ सय ८१ रनको लक्ष्य पाएको कोशीले २९ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा सीमित भयो । कोशीका सोनु अन्सारीले ३० रन बनाउँदा क्रितिक कामतले २६ रन जोडे । बागमतीको प्लेयर अफ म्याच दीपक सेरलाले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २० रन दिए । बागमतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोशीले खेलेको ५ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै छैटौँ स्थानमा रहेको छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आज बिहान पानी परेका कारणले २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाई ८६ रन बनायो । गण्डकीका सोहेल कुँवरले सर्वाधिक २५ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट लिए ।
८७ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । लुम्बिनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए । गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए । प्लेयर अफ द म्याच लुम्बिनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए । गण्डकीले खेलेको ५ खेलमा जित्दै निकाल्दै १० अङ्कका साथ पहिलो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने गण्डकीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अङ्कका साथमा चौथो स्थानमा छरेको छ ।
आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सूदुरपश्चिम र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब १ रनले चुक्यो लुम्बिनी, तस्बिरहरू
-
रविको जीवन रक्षाको माग गर्दै रास्वपाले मानवअधिकार आयोगमा दियो निवेदन
-
पत्रकार पुरस्कार र विद्यार्थी छात्रवृत्ति कोष स्थापना
-
रास्वपा साम्राज्यवादको आशीर्वाद प्राप्त भएको पार्टी हो : मोहन वैद्य
-
लगातार चौथो जितको खोजीमा अपराजित सुदूरपश्चिम
-
वैद्यको नजरमा प्रमुख राजनीतिक दल : एमाले र माओवादी संसदवादी यथास्थितिवादी