कमला नदीमा अस्याथी पुल निर्माण

गोलबजार । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण गरेको हो ।
नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने रु २० शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए । सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगत रुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्वज सङ्कलन गर्ने उनले बताए ।
“सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले बताए । हुलाकी सडक अन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ ।
यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो । त्यसयता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
-
उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?