लागु औषधसहित २ जना पक्राउ
आइतबार, १८ कात्तिक २०८१, १८ : ४४
वीरगन्ज । बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । सिम्रौनगढ प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलाई पक्राउ गरेको हो ।
सोही वडा निवासी हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ गाँजा प्याकिङ गरिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबैजनामाथि लागु औषध सम्बन्धीको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण