पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोमबार बिहान २ बजे सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको कमाण्डमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका ९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित गोली बरामद भएको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको जानकारी दिए। हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउन लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण