नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंककाे गिरावट आएको छ । तिहार बिदापछि पहिलोपटक खुलेको बजारमा तीव्र उतारचढावबिच ०.२१ अंकले घटेको हो ।
योसँगै मंगलबार सेयर बजार २६७७.४० अंकमा झरेको छ । यो दिन बजारमा ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजार २६९७ अंकसम्म पुगेको थियो भने न्यूनतम २६७० अंकसम्म झरेको थियो ।
मंगलबार सात उपसूचक बढ्दा ६ वटा उपसूचमा गिरावट आएको छ । सबैभन्दा बढी वृद्धि निर्जीवन बीमातर्फ १.०६ प्रतिशतले हुँदा सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको ०.८१ प्रतिशतले भएको छ ।
बजारमा मंगलबार सुपर माई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
मंगलबार नेपाल फाइनान्सको सर्वाधिक २९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार भोल्युमका आधारमा प्रभु सेलेक्ट फण्ड पहिलो हुँदा कारोबारको संख्याका आधारमा मध्य भोटेकोसी पहिलो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन