अमेरिकी चुनाव
अमेरिकी राष्ट्रपति निर्वाचन : वासिङ्टनमा मतदान सुरु, ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा
मङ्गलबार, २० कात्तिक २०८१, १८ : ५२
वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ ।
मार्टिन लुथर किंग लाइब्रेरीमा रहेको मतदान केन्द्र बाहिर बिहानको करिब सात बजिसकेको छ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरु लाइनमा बस्न थालेका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । त्यस पछि कार्यालय जानुपर्ने भएकाले बिहान सबेरै आएको र कार्यालयले भोट हाल्न एक घण्टा छुट दिएको एक मतदाताले बताए ।
यस पटकको चुनावलाई अमेरिकी इतिहासमा सबैभन्दा टक्करको चुनाव मानिएको छ। भोटिङको पूर्वसन्ध्यासम्म डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसले पेन्सिल्भेनियामा र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले पेन्सिल्भेनिया, मिसिगन र नर्थ क्यारोलिनामा जनतालाई भोट दिन अपील गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण