लरेन्सको नाममा सलमानलाई धम्की दिने व्यक्ति पक्राउ
मुम्बई । मंगलबार बिहान सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की आएको थियो । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान जान सक्ने उल्लेख गरिएको थियो ।
तर, मिडिया रिपोर्टका अनुसार धम्की दिने आरोपीलाई प्रहरीले कर्नाटकबाट पक्राउ गरेको छ । उनको नाम विक्रम हो । प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपीलाई मुम्बई ल्याउने बताइएको छ ।
मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुममा एउटा सन्देश आएको थियो। मध्यरातमा आएको सन्देशमा लेखिएको थियो, ‘यदि सलमान खान जीवित रहन चाहन्छन् भने उसले हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नुपर्छ । हाम्रो गिरोह अझै सक्रिय छ।’
अक्टोबर २५ मा सलमानलाई दुई पटक धम्की आएको थियो । एनसीपी नेता बाबा सिद्दिकीको छोरा जीशानको कार्यालयलाई २ करोड रुपैयाँ माग गरिएको थियो । सलमान र जिशानले पैसा नदिए मारिने भनिएको थियो । यस मामिलामा मुम्बई पुलिसले नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरेको थियो।
अक्टोबर ३० मा सलमानलाई धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ५६ वर्षीय आजम मोहम्मद मुस्तफा पक्राउ परेका थिए । मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सन्देश पठाइएको थियो। म्यासेजमा सलमानले २ करोड नदिए मारिने बताएको थियो ।
लगातारको धम्कीका बिच सलमान खान सिकन्दरको सुटिङ गर्न हैदराबाद पुगेका छन् । ज्यान मार्ने धम्कीका बिच अभिनेता फिल्मको सुटिङका लागि हैदराबादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा पुगेका हुन् । अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण