सुनचाँदी व्यवसायीले बनाए ‘नक्कली नोट’, सीआईबीको फन्दामा सोहिल
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्कली नोट बनाएको आरोपमा एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायकस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्य रहेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली रु.१००० र रु.५००दरका नोट जस्तो देखिने चाँदीको लेप लगाइएका नक्कली नोटहरू (खोटा मुद्रा)निर्माण गरी कारोबार समेत हुने गरेको विशेष सूचनाको आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा मंगलबार ब्यूरोबाट खटिएको प्रहरी टोलीले सूर्यबिनायकको सिपाडोलस्थित शाक्यले संचालन गरेको सुनचाँदी पसलमा ठुलो परिमाणमा नक्कली नोट बरामद भएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनले नेपाल राष्ट्र बैंकले नै सो मुद्रा निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा चाँदीको जस्तो देखिने नक्कली नोटहरू बनाएको पाइएपछि नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ । उनीबाट एक हजार दरको नोटमा श्री ९९९९ उल्लेख भएका ४८ थान, एक हजार दरको नोटमा एसडी ०००००० उल्लेख भएको ४० थान, एक हजार दरको नोट ५६,८२१३८३ उल्लेख भएको २५ थान, पाँच सय दरको नोट श्री ९९९९ उल्लेख भएको २८ थान नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
शाक्यमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण