नागढुंगाबाट आधा केजी सुनसहित एक जना पक्राउ
बुधबार, २१ कात्तिक २०८१, १८ : ३८
काठमाडौँ । काठमाडौँको नागढुंगाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरेको छ ।
कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका छन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण