राजभाइको व्यक्तिगत खर्चमा अस्पताल भवन बन्दै
काभ्रे । काभ्रेको शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवनको शिलान्यास गरिएको छ । बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने गरी बुधबार सो भवनको शिलान्यास गरिएको हो ।
३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् । अस्पतालमा बहिरंग र अन्तरंग सेवाको लागि कोठा अभाव हुँदा सेवा विस्तार हुन कठिनाइ हुँदै आएको थियो ।
८ वर्षअघि भवन निर्माणको विषय अघि बढाएका प्रधानले नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएको बताए । समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको उनले बताए ।
बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।
१२ हजार वर्गफिटमा बन्ने २ तले बहिरंग विभागको भवन २ वर्षमा पुरा हुने लक्ष्य राखिएको छ । राजभाई प्रधानका मामा ९१ वर्षीय तप्तराज वन्तले भवन शिलान्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण