उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले तोक्यो नेताको जिम्मेवारी
काठमाडौँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले नेताहरूको जिम्मेवारी तोकेको छ । बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको हो ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले जिम्मेवारी तोकेको बताए । उनका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेश, भीष्मराज आङ्दम्बे कोशी प्रदेश, महेन्द्र यादव मधेस प्रदेश, जीवन परियार कर्णाली प्रदेश र गण्डकी प्रदेश, डा. प्रकाशशरण महत अन्तर पार्टी समन्वय, एनपी साउँद सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाल लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मा प्रचार प्रसार संयोजन, मधु आचार्य स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।
बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण