व्रतालुलाई अर्घ्य चढाउन नयाँ बस्त्र
बुधबार, २१ कात्तिक २०८१, २२ : ५७
महोत्तरी । यसपालिको छठ महापर्वका व्रतालुलाई सूर्यदेवलाई अर्घ्य चढाउने बेलाका लागि आज नयाँ वस्त्र वितरण गरिएको छ ।
बर्दिवास नगरपालिका–९ पशुपतिनगरका सात सय व्रतालु महिलालाई अर्घ्य चढाउने बेलाका लागि वडाअध्यक्ष घुरन महतोले आफ्नै निजी खर्चमा उपलब्ध गराएको सारी नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले हस्तान्तरण गरे । यसपालीको छठ पर्वमा भोलि बिहीबार साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिइनेछ ।
नगरपालिका क्षेत्र भए पनि ग्रामीण परिवेशको बस्ती पशुपतिनगरका विपन्न परिवारका व्रतालुलाई पर्व मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सारी प्रदान गरिएको वडाध्यक्ष महतोले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण