नेपालद्वारा कुवेतसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ र आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोटमा प्रतियोगिताको दोस्रो खेलमा कुवेतसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको हो ।
कप्तान पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन् । रनआउट हुनअघि उनले ३८ बलमा ४ चौका प्रहार भइन् । ओपनर साना प्रवीणले १८ बलमा २५ रन जोडिन् । उनले आफ्नो इनिङ्समा ५ चौका प्रहार गरिन् ।
ज्योत्सनिका मरासिनीले मात्र १८ बलमा २३ रन जोडिन् । उनले १ चौका हिर्काइन् । अलिसा कुमारी यादवले १५ रन बनाइन् । उनले १० बलमा १ चौका प्रहार गरिन् ।
सावित्री धामी र सोनी पाख्रिनले ६–६ रन बनाए । सीमा केसीले ४ रन बनाइन् ।
कुवेतका लागि आयेशा इक्बाल पेवेरले २ विकेट लिइन् । उनले ४ ओभरमा १७ रन मात्र खर्चिएकी थिइन् । अमिसा राम ओलाचेरी र जिफा जिलानीले १–१ विकेट हात पारिन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । पहिला ब्याटिङ गर्दा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा थाइल्याण्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण