बकैया–४ का वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान
हेटौँडा । सरकारी कागजात किर्ते गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिकाका एक वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधवार सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको थियो । सो आदेशअनुसार वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि कारागार पठाइएको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । वडा अध्यक्ष दंगाल विरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
दंगाल ४ महिनापछि बुधवार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएका थिए । प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको र सो जग्गा हत्याउने प्रयास अनुसार कागजात किर्ते गरी प्रक्रिया अघि बढाइएको थियो ।
सोही अभियोगमा प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरू विरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो ।
बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्यु दर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।
गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो । उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । उनका २ छोरी र एक छोरा अमेरिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण