विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला
बिहीबार, २२ कात्तिक २०८१, १७ : ०८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
- हुम्ला, खार्पुनाथ गाउँपालिका-३ राय बस्ने लोकेन्द्र रोकायको छोरा २ वर्षीय सरत रोकाय सोही ठाउँस्थित चाराङ्गा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक १४ गते दिउँसो घर आगनमा खेलिरहेको अवस्थामा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खार्पुनाथमाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- स्याङजा, गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानस्थित आंधीखोलाको किनारमा पाल्पा रिद्धीकोट गाउँपालिका-२ घर भई स्याङ्जा गल्याङ नगरपालिका-३ गल्याङ बजार फोटो स्टुडियो संचालन गरी बस्ने ५४ वर्षीया सुशिला कुँवर बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बर्दिया, बांसगढी नगरपालिका-६ दमौली बस्ने ४३ वर्षीय कृष्ण बहादुर बिक आफ्नै घर अगाडि आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- धादिङ, निलकण्ठ नगरपालिका-५ गौरिगाउँस्थित चिप्लेटी ढुंगा अर्चलेटार सिँचाइ पानी नभएको कुलोमा नुवाकोट तार्केश्वर गाउँपालिका-२ बस्ने ६० वर्षीय सेते सार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, बिदुर नगरपालिका-४ बट्टार बस्ने २८ वर्षीया संगिता मिजार आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिराहा, लहान नगरपालिका-३ स्थित खेतमा सोही नगरपालिका-४ बस्ने १८ वर्षीय इबरान अन्सारी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवनचोक नजिक सडक छेउमा सोही उपमहानगरपालिका-११ भवानी बगिया बस्ने ५० वर्षीय शम्भु दयाल बैश्य बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-२ रोयल रिसोर्ट नजिकै बस्ने ६० वर्षीय टंक उप्रेती आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- मुस्ताङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घिलिङस्थित तामा खोला किनारमा सोही गाउँपालिका-२ धाकमार बस्ने ७५ वर्षीय ताक्ला गुरूङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण