ट्रम्पले छाने चिफ अफ स्टाफ
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा चिफ अफ स्टाफ चयन गरेका छन् । एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पले आफ्नो चुनावी प्रचार प्रसार अभियानकी व्यवस्थापक सुसन समरअल वाइल्सलाई चिफ अफ स्टाफ बनाएको बताएका छन् ।
वाइल्सले भर्खरै आफूलाई अमेरिकी इतिहासको सबैभन्दा महानतम् राजनीतिक जीतमध्ये एक हासिल गर्न सघाएको विज्ञप्तिमा ट्रम्पले भनेका छन् ।
राजनीतिमा आएको एक वर्ष नबित्दै वाइल्सले सन् १९८० को निर्वाचन अघि रोनल्ड रेगनको चुनावी अभियानमा सामेल भएकी थिइन् । सन् २०१० मा उनले सात महिनाको छोटो अवधिमा तत्कालीन व्यापारी रिक स्कटलाई फ्लोरिडाको गभर्नर बन्न सघाइन् । अहिले स्कट सिनेटर छन् ।
वाइल्सले सन् २०१५ मा रिपब्लिकन पार्टीको राष्ट्रपति प्राइमरीको समयमा भेटेकी थिइन् । त्यतिबेला यिनी ट्रम्पको फ्लोरिडाको चुनावी अभियानको सह–अध्यक्ष थिइन् । ह्वाइट हाउसमा चिप अफ स्टाफ हुने वाइल्स पहिलो महिला हुनेछिन् ।
के हो चिफ अफ स्टाफको काम ?
राष्ट्रपतिको प्रशासनमा चिफ अफ स्टाफको अहम् भूमिका हुन्छ । यो पदमा रहने व्यक्तिले ह्वाइट हाउसको व्यवस्थापकको रूपमा काम गर्छ । राष्ट्रपतिका कर्मचारीहरूको जिम्मेवारी चिफ अफ स्टाफकै हुन्छ ।
ह्वाइट हाउसको दैनिक सञ्चालन र कर्मचारीको गतिविधिको निरीक्षण गर्ने काम पनि चिफ अफ स्टाफकै हो । नीतिगत मामिलामा राष्ट्रपतिलाई सरसुझाव दिने र नीति विकासको निर्देशन र सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण