अमेरिकाको अनुसन्धान ल्याबबाट भागे ४३ वटा बाँदर
वासिङ्टन डीसी । यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबका थिए ।
ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका थिए । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ । अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन भनेका छन् ।
भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको यामासी प्रहरी विभागले भनेको छ । कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई भनेको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको पनि बताइएको छ ।
यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धान कम्पनीको भनाई छ । यो घटनालाई अल्फ जेनेसिसका सीईओ ग्रेग वेष्टरगार्डले निराशाजनक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण