'चप्पल फुकालेर अदालतको कुर्सीमा बस्छु भनेर जानुभयो तर चप्पल लगाएरै फैसला गर्नुभयो'
काठमाडौँ । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले निवेदनले माग नै नगरेको विषयमा समेत न्यायधीशहरुले फैसला गर्ने गरेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशको सुनुवाइको क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
गण्डकी प्रदेशसभाको बारेमा अदालतले गरेको निर्णय निष्पक्ष नभएकोमा गुनासो गर्दै उनले अहिले भन्दा प्रतिबन्धित अवस्थामा अदालतले निष्पक्ष ढङ्गले काम गरेको बताए । विगतमा संसदीय सुनुवाइमा आफू चप्पल खोलेर न्यायालयको कुर्सीमा बस्छु भनेर गएकाहरूले तर चप्पल नखोली गलत डङ्गको फैसला गरेको उनले टिप्पणी गरे । ढुङ्गानाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्ललाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
यस्तै संसदीय सुनुवाइ गर्दा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउँछु भनेर गएको तर अदालत गइसकेपछि आफैँले ६ रोपनी जग्गासमेत लिएको तितो यथार्थ रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण