'चप्पल फुकालेर अदालतको कुर्सीमा बस्छु भनेर जानुभयो तर चप्पल लगाएरै फैसला गर्नुभयो'

काठमाडौँ । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले निवेदनले माग नै नगरेको विषयमा समेत न्यायधीशहरुले फैसला गर्ने गरेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशको सुनुवाइको क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
गण्डकी प्रदेशसभाको बारेमा अदालतले गरेको निर्णय निष्पक्ष नभएकोमा गुनासो गर्दै उनले अहिले भन्दा प्रतिबन्धित अवस्थामा अदालतले निष्पक्ष ढङ्गले काम गरेको बताए । विगतमा संसदीय सुनुवाइमा आफू चप्पल खोलेर न्यायालयको कुर्सीमा बस्छु भनेर गएकाहरूले तर चप्पल नखोली गलत डङ्गको फैसला गरेको उनले टिप्पणी गरे । ढुङ्गानाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्ललाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
यस्तै संसदीय सुनुवाइ गर्दा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउँछु भनेर गएको तर अदालत गइसकेपछि आफैँले ६ रोपनी जग्गासमेत लिएको तितो यथार्थ रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट
-
गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर
-
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी