निरौलालाई शर्माको प्रश्न : न्यायालयलाई कसरी सुधार गर्नुहुन्छ ?
काठमाडौँ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलालाई सांसद जनार्दन शर्माले न्यायालयमा देखिएका विकृतिहरूलाई कसरी सुधार गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइमा सांसद शर्माले निरौलालाई सो प्रश्न गरेका हुन् ।
सुनुवाइका क्रममा सांसद शर्माले प्रश्न गरे– सुनुवाइका बेला प्रतिबद्धता व्यक्त गर्ने तर त्यहाँ गएपछि फेरि उस्तै छ । नेपालको न्यायिक प्रणाली कागजी प्रमाणमा आधारित छ । यसले तथ्य फरक पर्ने र न्यायमा असर पर्ने गरेको छ ।
अन्याय गर्नेकै पक्षमा पनि फैसला आएको अवस्था पनि छ । यसलाई कसरी सुधार गर्नुहुन्छ ?’ विगतदेखि सुनुवाइ क्रममा यस्ता कुरा सुन्दै आइएको बताउँदै सांसद शर्माले तर कार्यान्वयन पक्ष फितलो भएको बताए ।
उनले भने, ‘तपाईंले प्रस्तुत गरेको योजना व्यवहारिक र राम्रो छ, विगतदेखि सुनुवाइ क्रममा यस्ता कुरा हामीले सुन्दै आएका छौँ । सूचना प्रविधिको प्रयोग, मुद्दाको चापलाई घटाउने कुरा विगतमा पनि प्रस्तावित न्यायाधीशहरूले गर्नुभएको थियो । मेलमिलाप को कुरा आएको छ, कति मुद्दा मेलमिलाप जान्छ तथ्य त आएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण