फिल्म राम्रो बन्न थाले छ : मन्त्री राणा
काठमाडौँ । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले फिल्म ‘१२ गाउँ’को कथावस्तु, निर्माण शैली, प्रस्तुति धेरै राम्रो रहेको बताएका छन् । शुक्रबार कमल पोखरीस्थित सिटी सेन्टरमा चलचित्र हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
फिल्म निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दसैँ, तिहारका बेला प्रदर्शन भएका फिल्मले दर्शकको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे । प्रयास गर्दा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको भन्दै मन्त्री राणाले विगतमा आफूले निर्माण गरेका फिल्मलाई दर्शकले तत्कालीन समयमा माया गरिदिएको स्मरण गरे । राम्रा फिल्मले नेपाली चलचित्र उद्योगलाई माथि लान टेवा पुग्ने उनको भनाई थियो ।
नेपाली फिल्म उद्योगलाई बलिउडले प्रभाव पारिरहेको अवस्थामा नेपाली फिल्मप्रति दर्शकले देखाएको सदभावलाई बचाउने दायित्व निर्माता, कलाकार, फिल्म हल सञ्चालक सबैको रहेको मन्त्री राणाले बताए । मन्त्री राणाले लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कनका लागि पनि आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कन गर्दा आफूबाट हुन सक्ने सहयोग रहने समेत मन्त्री राणाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण