लागु औषधसहित ४ जना पक्राउ
शुक्रबार, २३ कात्तिक २०८१, १९ : २६
पोखरा । लागु औषध कारोबार गरिरहेका ४ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा २ बागलुङ बसपार्कबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
लागु औषधको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा सूचना पुष्टि भएको हो ।
पक्राउ पर्नेमा पोखरा २ बस्ने २० वर्षका कृष्ण श्रेष्ठ, म्याग्दी घर भई पोखरा ३ नदीपुर बस्ने २५ वर्षका प्रदीप पुन, पोखरा ४ फिर्केपुलका १९ वर्षीय रोहित नेपाली र सोही ठाउँका १९ वर्षीय सुमित परियार छन् । उनीहरूको साथबाट ट्रामाडोल १६० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ ।
सबैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण