एमएडब्लु वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’
बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिका नगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो ।
यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँ र नामी इभी किन्दा७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ ।
साथै, टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।
यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाउनु हुनेछ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याज दरमा घर लान सकिने समेत बताइएको छ ।
यी अफरहरू बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्ने समेत जनाइएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण