राप्ती गाउँपालिका कार्यालयमा बाँसका कुर्सी
तुलसीपुर । दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
राप्ती–५ स्थित करङ्गेकोटकी अनिष्मा ओलीले बनाएका ती सामग्री प्रयोगमा ल्याएको अध्यक्ष विष्टले बताए । 'स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने हाम्रो उद्देश्य हो, विगतदेखि नै त्यसरी नै काम गर्दै आएका छौँ', उनले भने, 'अहिले हामीले बाँसबाट बनेका कुर्सीलाई कार्यालयमा प्रयोगमा ल्याएका छौँ ।'
गाउँपालिकाले उद्यमशीलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलालाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि ओलीले यसरी बाँसका फर्निचर बनाउन सुरु गरेकी हुन् । उनीसहित १५ जना युवा तथा महिलाले सामूहिक रुपमा व्यावसायिक बाँसको सामग्री उत्पादनको तयारी गरेका छन् ।
त्यसका लागि उनीहरुले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारीसमेत थालेका छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामग्री बनाएर आम्दानी गर्न सकिने उनीहरुको विश्वास छ ।
उनीहरुले मुढा, कुर्सी, टेबललगायत फर्निचरका सामग्री निर्माण तालिम लिएका छन् ।
स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने भन्दै यस्तो कार्यलाई आफूहरुले प्रोत्साहन गरेको अध्यक्ष विष्टले बताए ।
सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोगबाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवनस्तर बदलिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण