देउवा धनगढी आउने भएपछि स्वागतको लागि वडादेखि महासमिति सदस्यसम्मलाई उपस्थितिको उर्दी
आइतबार, २५ कात्तिक २०८१, १० : ३४
धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश आउने भएपछि उनको स्वागतको लागि पार्टी कमिटी सदस्यहरुलाई उर्दी नै जारी गरिएको छ । सभापति देउवा गृह जिल्ला डडेलधुरामा हुने कार्यक्रमका लागि आज बिहान १०ः४५ बजे काठमाडौँबाट धनगढी आउने कार्यक्रम छ ।
उनको स्वागतको लागि कैलाली कांग्रेस र प्रदेश समितिले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, पालिका कार्य समिति, वडा कार्यसमिति तथा भातृ एवं शुभेच्छुक संघसस्थाका सम्पूर्ण कार्य समिति तथा नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई बिहान १०ः४५ बजे उनको स्वागतार्थ धनगढी विमान स्थलमा उपस्थित हुन निर्देशनात्मक पत्राचार गरेको हो ।
कांग्रेस कैलाली सचिव नृप सुनारले सभापति देउवाको एक हप्तासम्म डडेलधुरामा रहने कार्यक्रम रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण