शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक

शुक्रबार, ०५ असार २०८३, ०५ : ४८
शुक्रबार, ०५ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को खेलमा क्यानाडाले कतारलाई ६-० ले पराजित गरेको छ ।
  • क्यानाडाका स्ट्राइकर जोनाथन डेभिडले ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो ।
  • जोनाथन डेभिडको यो ह्याट्रिक जारी विश्वकप २०२६ को दोस्रो ह्याट्रिक हो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानाडाले कतारमाथि ६–० को ऐतिहासिक र फराकिलो जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा क्यानडाका स्ट्राइकर जोनाथन डेभिडले सानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो ।

विश्वकप  २०२६ मा क्यानडाका जोनाथनको डेबिडको दोस्रो ह्याट्रिक हो ।  यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरिया विरुद्धको खेलमा यस प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गरेका थिए । 

खेलको १६औँ मिनेटमा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानडाले खेलभरि कतारलाई दबाबमा राख्यो । २९औँ मिनेटमा जोनाथन डेभिडले टोलीका लागि दोस्रो गोल थपे । खेलको ३३औँ मिनेटमा कतारका डिफेन्डर होमाम अहमदले ‘रेड कार्ड’ खाँदै मैदान बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भएको थियो । यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा पनि क्यानडाको गोल वर्षा रोकिएन । ६४औँ मिनेटमा मिडफिल्डर नेथन सालिबाले गोल गर्दै अग्रता ४–० बनाए । ७५औँ मिनेटमा कतारका स्ट्राइकर मोहमद मनाइले आत्मघाती गोल गरेपछि क्यानडा ५–० ले अगाडि बढ्यो । खेलको अन्तिम समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानाडालाई ६–० को विशाल जित दिलाए ।

यसअघि पहिलो खेलमा क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेलेको थियो । यो जितसँगै क्यानडाको २ खेलबाट ४ अंक भएको छ र गोल अन्तरको आधारमा टोली बलियो स्थितिमा पुगेको छ । यही समूहमा स्विट्जरल्याण्डको पनि २ खेलबाट ४ अंक नै रहेको छ ।

पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–१ को बराबरीमा रोकेको कतार भने यो ठूलो हारपछि १ अंकमै सीमित छ र उसको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप