खैरो हेरोइन र चरेससहित ५ जना पक्राउ
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले खैरो हेरोइन र चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट सोही स्थानमा बस्ने २३ वर्षीय रोशन खड्का, १६ वर्षीय देव शर्मा र २१ वर्षीय अमित शर्मालाई शङ्का लागि चेकजाँच गर्दा निजहरूको साथबाट शुद्ध तौल १५० मिलिग्राम खैरो हिरोइन, १ ग्राम ५६० मिलिग्राम चरेस फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
साथै धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट धनगढी–१३ बस्ने १९ वर्षीय नीरज राना र २१ वर्षीय सुनिल रानालाई ५ ग्राम ८४० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र ५ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन, १ ग्राम ५६० मिलिग्राम चरेससहित पक्राउ गरिएको हो ।
निज पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हिरासत राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण