ट्रम्पले किन गरे डेमोक्रेटिक पार्टीलाई सहयोगको अपिल ?
वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार बिहान माइक्रो ब्लगिङ वेबसाइट एक्समा डेमोक्रेटिक पार्टीबारे एउटा पोस्ट थरेका छन् । यो पोस्टमा डेमोक्रेटिक पार्टीलाई आर्थिक सहयोगको अपिल गरेका छन् ।
‘मलाई ताज्जुब लागेको छ कि सन् २०२० को चुनावमा साहसपूर्वक लडेको र कीर्तिमानी रकम जम्मा गरेको डेमोक्रेटिक पार्टीसँग अब धेरै पैसा बाँकी छैन’ ट्रम्पले लेखेका छन् ।
‘म एक पार्टीको रूपमा भन्न चाहन्छु कि यो कठिन समयमा उनीहरूको लागि जे गर्न सक्छौँ त्यो हामीले गर्नुपर्छ । हामीसँग धेरै पैसा बचेको छ, किनकि अभियानमा हाम्रो सबैभन्दा ठुलो सम्पत्ति ‘पब्लिसटी’ र यसको खर्च धेरै थिएन ।’ आफ्नो पोस्टको अन्त्यमा ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने अपिल पनि गरेका छन् ।
अमेरिकामा भएको यस पटकको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको प्रतिद्वन्द्वीमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प थिए । ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै यो चुनाव जितेका हुन् ।
सन् २०२० को चुनावमा ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । त्योभन्दा अघिको चुनावमा उनले यही पार्टीकी हिलारी क्लिन्टनलाई हराएर राष्ट्रपति बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण